तर तिनीहरूका साथमा रोटी नभएकोले येशूले यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे। येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित रोटी छैन भनी किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको मन कठोर भएको छ? आँखा भए तापनि के तिमीहरू देख्दैनौ? कान भए तापनि के तिमीहरू सुन्दैनौ? के तिमीहरूलाई याद छैन, जब मैले पाँच वटा रोटी ती पाँच हजारका बीचमा भाँचेथें, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बाह्र।” “अनि जब ती सात वटा रोटी चार हजारका बीचमा भाँचेको थिएँ, तब कति डालाभरि टुक्राटाक्रीहरू तिमीहरूले उठाएका थियौ?” तिनीहरूले उहाँलाई भने, “सात।” उहाँले तिनीहरूलाई भन्नुभयो, “तब के तिमीहरू अझै बुझ्दैनौ?”
मर्कूस 8 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 8:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू