टुरोसको इलाकाबाट निस्केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो। त्यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्याए, र त्यसमाथि हात राखिदिनोस् भनी उहाँलाई बिन्ती गरे। त्यसलाई भीड़बाट अलग्गै एकान्तमा लगेर येशूले आफ्ना औँला त्यसका कानमा लगाउनुभयो। त्यसपछि थुकेर त्यसको जिब्रो छुनुभयो। अनि स्वर्गतिर हेरेर लामो सास लिई त्यसलाई भन्नुभयो, “इफ्फाता,” अर्थात् “खोलिजा।” त्यति नै बेला त्यसका कान खोलिए, र त्यसको जिब्रोको बन्धन फुक्यो, र त्यो स्पष्ट बोल्न लाग्यो।
मर्कूस 7 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू