मर्कूस 6:35-37

मर्कूस 6:35-37 NNRV

अनि जब दिन धेरै ढल्‍क्‍यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्‍त ठाउँ छ, र अब दिन धेरै ढल्‍किसक्‍यो। मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्‍ती र गाउँहरूमा गएर आफ्‍ना लागि केही खानेकुरा किनून्‌।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?”