मर्कूस 6:31-33

मर्कूस 6:31-33 NNRV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्‍त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्‍यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्‍म पनि फुर्सद थिएन। अनि उहाँहरू डुङ्गामा सुटुक्‍क एउटा एकान्‍त ठाउँमा जानुभयो। धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्‍यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।