अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। येशू डुङ्गाबाट बाहिर निस्कनेबित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो। त्यो चिहानहरू हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो। किनकि त्यो धेरै पल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो, र पनि त्यसले साङ्लाहरू टुक्रा-टुक्रा पारी छिनाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई वशमा पार्न सकेको थिएन। त्यो रात र दिन सधैँ चिहानहरू र डाँड़ाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो। अनि जब त्यसले येशूलाई टाढ़ैबाट देख्यो तब दौड़ेर आयो, र उहाँलाई दण्डवत् गर्यो। अनि ठूलो सोरले चिच्च्याएर त्यसले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईंलाई बिन्ती गर्दछु, कि मलाई दुःख नदिनुहोस्।” किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, “ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज।”
मर्कूस 5 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 5:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू