मर्कूस 4:30-34

मर्कूस 4:30-34 NNRV

उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको तुलना केसँग गरौं? अथवा कुन दृष्‍टान्‍तमा यसको व्‍याख्‍या गरौं? यो त रायोको बीउको दाना जस्‍तो छ, जो जमिनमा छरिन्‍छ। पृथ्‍वीभरिमा सबै बीउहरूमा साना भए तापनि जब त्‍यो छरिन्‍छ, तब त्‍यो बढ्‌छ, र सबै सागपातहरूभन्‍दा त्‍यो ठूलो हुन्‍छ, र त्‍यसले ठूला-ठूला हाँगाहरू हाल्‍छ, र आकाशका पक्षीहरूले त्‍यसका छहारीमा गुँड़ लाउँछन्‌।” तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो। दृष्‍टान्‍तविना उहाँ तिनीहरूसँग बोल्‍नुभएन, तर आफ्‍ना निज चेलाहरूलाई उहाँले गुप्‍तमा सबैको अर्थ खोलिदिनुहुन्‍थ्‍यो।