उहाँले तिनीहरूलाई भन्नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भनेर भित्र ल्याउँछ? के सामदानमाथि राख्न भनेर होइन र? कुनै थोक लुकाएर राख्न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्त छैन जो प्रकाशमा ल्याइनेछैन। यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्।” उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देओ। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन् बढ़ी दिइनेछ। किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।”
मर्कूस 4 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:21-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू