मर्कूस 4:14-20

मर्कूस 4:14-20 NNRV

बीउ छर्नेले वचन छर्दछ। कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्‍तै छन्‌। जब तिनीहरूले वचन सुन्‍छन्, तब तुरुन्‍तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्‍छ। त्‍यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्‍छन्‌ तब खुसीसाथ तुरुन्‍तै त्‍यो ग्रहण गर्छन्‌। तर तिनीहरूको आफ्‍नो जरा नलागेकोले ती थोरै बेर मात्र टिक्‍छन्‌। तर जब वचनको कारण सङ्कष्‍ट वा सतावट आउँछ, तिनीहरू तुरुन्‍तै लड़िहाल्‍छन्‌। काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्‍छन्, तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्‍छन्‌। ती फलवन्‍त हुँदैनन्‌। तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।”