त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन। जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे। यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।” तर उहाँले तिनीहरूलाई आफूकहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? कुनै राज्यको आपसमा फूट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फूट भयो भने त्यो घर टिक्न सक्नेछैन। यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन। तब पो त्यसले उसको घर लुट्न सक्छ।
मर्कूस 3 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 3:20-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू