मर्कूस 2:6-8

मर्कूस 2:6-8 NNRV

तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए, “यस मानिसले किन यसरी बोल्‍दछ? यो त ईश्‍वर-निन्‍दा हो। केवल एक, अर्थात्‌ परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?” अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ?