केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने। अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो। अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए। भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए। येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।” तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, “यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दैछौ?
मर्कूस 2 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू