मर्कूस 15:38-41

मर्कूस 15:38-41 NNRV

अनि मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍मै दुई भाग भई च्‍यातियो। येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर उहाँको सामने उभिएका कप्‍तानले भने, “साँच्‍चै नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्‌।” त्‍यहाँ टाढ़ैबाट हेरिरहने केही स्‍त्रीहरू पनि थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।

मर्कूस 15:38-41 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति