मर्कूस 15:33-41

मर्कूस 15:33-41 NNRV

बाह्र बजेदेखि तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले छोप्‍यो। तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?” वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।” अनि एक जनाले दौड़ेर गई एउटा स्‍पन्‍ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्‍यसलाई झार्न आउँछन्‌ कि।” तब येशूले ठूलो सोर निकालेर प्राण त्‍याग्‍नुभयो। अनि मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍मै दुई भाग भई च्‍यातियो। येशूले यसरी प्राण त्‍याग्‍नुभएको देखेर उहाँको सामने उभिएका कप्‍तानले भने, “साँच्‍चै नै यी मानिस परमेश्‍वरका पुत्र रहेछन्‌।” त्‍यहाँ टाढ़ैबाट हेरिरहने केही स्‍त्रीहरू पनि थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्‍त्रीहरू पनि त्‍यहाँ थिए।

मर्कूस 15:33-41 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति