मर्कूस 15:33-35

मर्कूस 15:33-35 NNRV

बाह्र बजेदेखि तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले छोप्‍यो। तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?” वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।”

मर्कूस 15:33-35 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति