मर्कूस 15:27-32

मर्कूस 15:27-32 NNRV

तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि। [धर्मशास्‍त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”] त्‍यहाँबाट जाने मानिसहरूले आफ्‍नो मुन्‍टो हल्‍लाउँदै यसो भनेर उहाँलाई गिल्‍ला गरे, “वाह! तँ मन्‍दिर भत्‍काएर तीन दिनमा बनाउने, क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।” त्‍यसै गरी मुख्‍य पूजाहारीहरूले पनि शास्‍त्रीहरूसँग यसो भन्‍दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्‍दैन। यो इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्‍यो देख्‍नेछौं र विश्‍वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्‍दा गरे।

मर्कूस 15:27-32 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति