मर्कूस 14:66-72

मर्कूस 14:66-72 NNRV

पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्‍ये एक जना त्‍यहाँ आई, र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।” तर तिनले यसो भन्‍दै इन्‍कार गरे, “तिमीले के भनेकी त्‍यो न जान्‍दछु न बुझ्‍दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्‍यो। नोकर्नीले उभिनेहरूसँग फेरि भन्‍न लागी, “यिनी त तिनीहरूमध्‍येका एक हुन्‌।” तर पत्रुसले फेरि इन्‍कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, “पक्‍कै, तिमी तिनीहरूमध्‍येका एक हौ, किनकि तिमी गालीली हौ।” तर तिनले आफूलाई धिक्‍कार्दै कसम खाएर भन्‍न लागे, “जसको विषयमा तिमीहरू भन्‍छौ त्‍यस मानिसलाई म चिन्‍दिनँ।” अनि तुरुन्‍तै दोस्रो पल्‍ट भाले बास्‍यो, र पत्रुसलाई येशूले यसो भन्‍नुभएको कुरा सम्‍झना भयो, “भाले दुई पल्‍ट बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” अनि त्‍यस कुरालाई सम्‍झेर तिनी धुरुधुरु रोए।