येशू बोल्दैहुनुहुँदा बाह्रै चेलाहरूमध्येको एक जना यहूदा अचानक त्यहाँ देखा पर्यो। मुख्य पूजाहारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्यससँग त्यहाँ आयो। उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई यस्तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्वाइँ खाउँला त्यो व्यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।” अनि सोझै येशूकहाँ गएर यहूदाले भन्यो, “हे रब्बी,” र उहाँलाई म्वाइँ खायो। तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे। त्यहाँ नजिक उभिनेहरूमध्ये कुनै एउटाले तरवार थुतेर प्रधान पूजाहारीको कमारालाई प्रहार गर्यो, र त्यसको कान च्वाट्ट काटिदियो। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा डाँकूलाई जस्तै तरवार र लाठोसमेत लिएर मलाई पक्रन आएका छौ? दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पूरा होस्।” अनि सबै चेलाहरू उहाँलाई त्यागेर भागे। आफ्नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्यो। तिनीहरूले त्यस जवानलाई समाते, तर कपड़ा छोड़ेर त्यो नाङ्गै भाग्यो।
मर्कूस 14 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 14:43-52
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
8 दिनहरू
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू