मर्कूस 14:43-46

मर्कूस 14:43-46 NNRV

येशू बोल्‍दैहुनुहुँदा बाह्रै चेलाहरूमध्‍येको एक जना यहूदा अचानक त्‍यहाँ देखा पर्‍यो। मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूले पठाएको एक दल तरवार र लाठो लिएर त्‍यससँग त्‍यहाँ आयो। उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यस्‍तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्‍वाइँ खाउँला त्‍यो व्‍यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।” अनि सोझै येशूकहाँ गएर यहूदाले भन्‍यो, “हे रब्‍बी,” र उहाँलाई म्‍वाइँ खायो। तब तिनीहरूले येशूलाई समाते र गिरफ्‍तार गरे।

मर्कूस 14:43-46 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति