मर्कूस 14:26-31

मर्कूस 14:26-31 NNRV

अनि एउटा भजन गाएर उहाँहरू निस्‍केर जैतून डाँड़ातिर जानुभयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्‍तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्‌।’ तर म जीवित भई उठेपछि म तिमीहरूभन्‍दा पहिले गालीलमा जानेछु।” पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे तापनि मचाहिँ हट्‌नेछैनँ।” तब येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, आजकै राती भाले दुई पल्‍ट बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” तर तिनले झन्‌ जोड दिएर भने, “तपाईंसँग म मर्नैपरे तापनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” अनि तिनीहरू सबैले त्‍यसै भने।

मर्कूस 14:26-31 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति