मर्कूस 14:12-16

मर्कूस 14:12-16 NNRV

अखमिरी रोटीका चाड़को प्रथम दिनमा, जब तिनीहरूले निस्‍तार-चाड़को थुमा बलिदान चढ़ाउँथे, उहाँका चेलाहरूले उहाँलाई सोधे, “तपाईंको इच्‍छा के छ? हामी कहाँ गएर तपाईंको निम्‍ति निस्‍तार-चाड़को भोज तयार गरौं?” अनि उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सहरमा जाओ, र गाग्रोमा पानी बोकेर लैजाने एक जना मानिसले तिमीहरूलाई भेट्‌नेछ। उसको पछि लाग। त्‍यो मानिस जहाँ पस्‍ला त्‍यस घरका मालिकलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरा चेलाहरूसँग निस्‍तार-चाडको भोज खाने मेरो पाहुना कोठा कहाँ छ?’ अनि तिनले तिमीहरूलाई सजिसजाउ गरेर तयार पारिएको माथिल्‍लो तलाको एउटा ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तिमीहरूले हाम्रा निम्‍ति भोज तयार गर।” तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्‍नुभएजस्‍तै भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को भोज तयार गरे।