यसको दुई दिनपछि निस्तार र अखमिरी रोटीको चाड थियो। मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँलाई कसरी छलद्वारा पक्रेर मारौं भन्ने दाउमा थिए। किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्चिएला। उहाँ बेथानियामा सिमोन कुष्ठरोगीको घरमा खान बस्नुहुँदा एउटी स्त्री विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिङ्गमरमरको शीशीमा लिएर आई, र त्यो शीशी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खन्याई। तर कोही-कोहीले रीस गरेर आपसमा भन्न लागे, “यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको? किनकि यो अत्तर तीन सय चाँदीका सिक्काभन्दा बढ़ीमा बिक्री गरेर गरीबहरूलाई त्यो पैसा दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई झपारे। तर येशूले भन्नुभयो, “छोडिदेओ, किन तिमीहरू यिनलाई सताउँछौ? यिनले मप्रति असल काम गरेकी छे। किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्छन्, र इच्छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ। यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे। साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ।” तब बाह्र चेलाहरूमध्ये एक जना यहूदा इस्करियोतचाहिँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनका निम्ति मुख्य पूजाहारीहरूकहाँ गयो। तिनीहरू यो सुनेर खुसी भए, र त्यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्यसले अनुकूल मौका खोज्न लाग्यो।
मर्कूस 14 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 14:1-11
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
8 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू