“तिमीहरू आफ्ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पनेछन्। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ। र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्यसै बेला जे तिमीहरूलाई दिइन्छ, त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ। “एउटा भाइले अर्को भाइलाई मृत्युको लागि सुम्पनेछ, र त्यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्। अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ।
मर्कूस 13 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 13:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू