“तर त्यस दिन र त्यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न पुत्रले। होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ। यो त मालिकले आफ्ना चाकरहरूलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्तो हो। “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्दैनौ। नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला। जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, ‘जागा रहो’।”
मर्कूस 13 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 13:32-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू