“तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्। अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्नेछन्। तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्त्यदेखि आकाशको अन्त्यसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ। “अञ्जीरको रूखबाट पाठ सिक: त्यसको हाँगा कमलो भएर पालुवा हाल्ने बित्तिकै ग्रीष्म ऋतु नजिक आएछ भन्ने तिमीहरू थाहा पाउँछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा भई नसकूञ्जेल यो पुस्ता बितिजानेछैन। स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्। “तर त्यस दिन र त्यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन, न त स्वर्गमा हुने स्वर्गदूतहरूले न पुत्रले। होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।
मर्कूस 13 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 13:24-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू