अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए। अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई। आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई। किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
मर्कूस 12 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:41-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू