मर्कूस 12:35-40

मर्कूस 12:35-40 NNRV

अनि मन्‍दिरमा सिकाउनुहुँदा येशूले भन्‍नुभयो, “कसरी ख्रीष्‍ट दाऊदका पुत्र हुन्‌ भनी व्‍यवस्‍थाका शास्‍त्रीहरू भन्‍दछन्‌? किनकि दाऊद आफैले पवित्र आत्‍माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्‍दिनँ।’ जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्‍दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?” अनि त्‍यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्‍यो। तब शिक्षा दिनुहुँदा येशूले भन्‍नुभयो, “शास्‍त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्‍त्र लाएर यताउता डुल्‍न र बजारहरूमा अभिवादन पाउन, तथा सभाघरहरूमा प्रमुख स्‍थान र भोजहरूमा आदरको स्‍थान पाउन रुचाउँछन्‌। तिनीहरू विधवाहरूका घर लुट्‌छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्‌। यस्‍ता मानिसहरूले अझ बढ़ी दण्‍ड पाउनेछन्‌।”