मर्कूस 11:20-24

मर्कूस 11:20-24 NNRV

बिहान त्‍यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्‍यस अञ्‍जीरको रूखलाई जरैबाट सुकेको देख्‍नुभयो। अनि पत्रुसलाई यो सम्‍झना भयो, र तिनले उहाँलाई भने, “रब्‍बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्‍जीरको रूख त सुकेछ।” येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “परमेश्‍वरमा विश्‍वास राख। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले आफ्‍नो हृदयमा शङ्का गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्‍छ भनी विश्‍वास गरेर यस पहाड़लाई ‘उखेलिएर तँ समुद्रमा खस्’ भन्‍यो भने, त्‍यसको निम्‍ति त्‍यस्‍तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्‍छौ सो पाएका छौं भन्‍ने विश्‍वास राख, र त्‍यो तिमीहरूको हुनेछ।