अनि यरूशलेममा पुग्नुभएपछि उहाँ मन्दिरभित्र पस्नुभयो, अनि मन्दिरमा किनबेच गर्नेहरूलाई बाहिर निकाल्नुभयो र पैसा साट्नेका टेबिलहरू र परेवा बेच्नेका बस्ने ठाउँहरू पल्टाइदिनुभयो। उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनुभएन। अनि उहाँले शिक्षा दिँदै भन्नुभयो, “के यसो लेखिएको छैन, ‘मेरो घर सब जातिहरूका निम्ति प्रार्थनाको घर कहलाइनेछ’? तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए।
मर्कूस 11 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 11:15-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू