मर्कूस 10:46-52

मर्कूस 10:46-52 NNRV

त्‍यसपछि उहाँहरू यरीहोमा आउनुभयो, र उहाँ आफ्‍ना चेलाहरू र ठूलो भीड़सहित यरीहोबाट निस्‍कनुहुँदा तिमैको छोरो बारतिमै, एक जना अन्‍धो भिखारी, बाटोको किनारमा बसिरहेको थियो। जब त्‍यसले उहाँ नासरतका येशू हुनुहुन्‍छ भन्‍ने सुन्‍यो, तब कराएर त्‍यसले भन्‍न लाग्‍यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।” तब धेरैले त्‍यसलाई चूप लागोस्‌ भनेर हप्‍काए। तर त्‍यो झन्‌ चर्को गरी कराउन लाग्‍यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌।” तब येशू टक्‍क अड़िनुभयो र भन्‍नुभयो, “त्‍यसलाई बोलाओ।” अनि तिनीहरूले त्‍यस अन्‍धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्‍छ।” अनि आफ्‍नो खास्‍टो फालेर त्‍यो जुरुक्‍क उठ्यो र येशूकहाँ आयो। येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमी के चाहन्‍छौ, म तिम्रो निम्‍ति के गरूँ?” त्‍यस अन्‍धो मानिसले उहाँलाई भन्‍यो, “रब्‍बी, म दृष्‍टि पाऊँ।” अनि येशूले त्‍यसलाई भन्‍नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्‍तै त्‍यसले दृष्‍टि पायो, र बाटोमा येशूको पछिपछि लाग्‍यो।