मर्कूस 10:41-44

मर्कूस 10:41-44 NNRV

यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्‍नासँग रिसाए। तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू जान्‍दछौ कि अन्‍यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्‍तियार चलाउँछन्‌। अनि तिनीहरूका ठूलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्‌। तिमीहरूमा चाहिँ त्‍यसो हुनुहुँदैन। तर तिमीहरूमा जसले ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्दछ। अनि तिमीहरूमा जसले पहिलो हुने इच्‍छा गर्दछ, त्‍यो सबैको दास हुनैपर्दछ।