मर्कूस 10:32-34

मर्कूस 10:32-34 NNRV

उहाँहरू यरूशलेमतिर जाँदैहुनुहुन्‍थ्‍यो, र येशू तिनीहरूका अगिअगि हिँड़िरहनुभएको थियो। चेलाहरू अचम्‍मित थिए, र अरू पछिपछि आउनेहरू भयभीत थिए। तब उहाँले बाह्रै चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परिआउने कुराहरू तिनीहरूलाई सुनाउनुभयो। उहाँले भन्‍नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं। त्‍यहाँ मानिसको पुत्रलाई मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूकहाँ सुम्‍पिदिइनेछ, र तिनीहरूले उसलाई मृत्‍युदण्‍ड दिनेछन्, र अन्‍यजातिहरूका हातमा सुम्‍पिदिनेछन्‌। अनि तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्‌ र उसलाई थुक्‍नेछन्, उसलाई कोर्रा लगाउनेछन्‌ र उसलाई मार्नेछन्‌। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्‌नेछ।”