मर्कूस 10:28-31

मर्कूस 10:28-31 NNRV

पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले मेरो निम्‍ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्‍गाजमिन छोड्‌छ, त्‍यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन। तर धेरै पहिला हुनेहरू पछिल्‍ला, र पछिल्‍ला हुनेहरूचाहिँ पहिला हुनेछन्‌।”