तिनीहरू ज्यादै अचम्मित भए र उहाँलाई भने, “त्यसो भए को बाँच्न सक्छ?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।” पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।” येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्गाजमिन छोड्छ, त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन। तर धेरै पहिला हुनेहरू पछिल्ला, र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन्।”
मर्कूस 10 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 10:26-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू