अनि वरिपरि हेरेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा पस्नु कति कठिन छ।” उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “बालक हो, धनसम्पत्तिमाथि भरोसा राख्नेहरूलाई परमेश्वरको राज्यभित्र पस्नु कति कठिन छ। धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथ्रीबाट ऊँटलाई छिर्न सजिलो हुन्छ।” तिनीहरू ज्यादै अचम्मित भए र उहाँलाई भने, “त्यसो भए को बाँच्न सक्छ?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।”
मर्कूस 10 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 10:23-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू