त्यस ठाउँलाई छोड़ेर यर्दन नदीको पारि यहूदियाको इलाकामा येशू जानुभयो र भीड उहाँकहाँ भेला भयो, अनि उहाँको रीतिअनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो। फरिसीहरू उहाँकहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, “के कोही मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्नु न्यायसङ्गत छ? उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?” तिनीहरूले भने, “एउटा त्यागपत्र लेखेर मानिसले आफ्नी पत्नीसँग विवाहविच्छेद गर्न सक्छ भनी मोशाले अनुमति दिएका छन्।” तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए। तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो। ‘यसैकारण मानिस आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, मानिसले नछुट्ट्याओस्।”
मर्कूस 10 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 10:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू