मर्कूस 1:9-13

मर्कूस 1:9-13 NNRV

अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो। पानीबाट उक्‍लिआउनेबित्तिकै उहाँले स्‍वर्ग उघ्रिएको र पवित्र आत्‍मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्‍नुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।” पवित्र आत्‍माले उहाँलाई तुरुन्‍तै उजाड-स्‍थानमा लैजानुभयो। शैतानबाट परीक्षित हुँदै उहाँ चालीस दिन उजाड-स्‍थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो, र स्‍वर्गदूतहरूले उहाँको सेवा-टहल गरे।

मर्कूस 1:9-13 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति