मर्कूस 1:4-9

मर्कूस 1:4-9 NNRV

बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे। समस्‍त यहूदिया देश र यरूशलेमका सबै बासिन्‍दाहरू तिनीकहाँ निस्‍किआए। र तिनीहरूले आ-आफ्‍ना पाप स्‍वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिए। यूहन्‍नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्‍मरमा छालाको पटुका बाँध्‍थे, र सलह र वन-मह खान्‍थे। तिनले यसो भन्‍दै प्रचार गरे, “जो मपछि आउनुहुन्‍छ उहाँ मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ। मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।” अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाबाट यर्दन नदीमा बप्‍तिस्‍मा लिनुभयो।

मर्कूस 1:4-9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति