मर्कूस 1:16-20

मर्कूस 1:16-20 NNRV

गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्‍द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। किनकि तिनीहरू जालहारी थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोड़े, र उहाँको पछि लागे। अनि अलि पर गएपछि उहाँले जब्‍दियाका दुई छोरा याकूब र यूहन्‍नालाई डुङ्गामा बसी जाल तुनिरहेका देख्‍नुभयो। उहाँले तुरुन्‍त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्‍ना पिता जब्‍दियालाई ज्‍यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे।