मर्कूस 1:1-4

मर्कूस 1:1-4 NNRV

परमेश्‍वरका पुत्र येशू ख्रीष्‍टको सुसमाचारको आरम्‍भ। यशैया अगमवक्ताको पुस्‍तकमा यसरी लेखिएको छ: “हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे।