के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका परमेश्वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ? के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ? ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
मीका 6 पढ्नुहोस्
सुन्नुहोस् मीका 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मीका 6:6-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू