मीका 5:10-15

मीका 5:10-15 NNRV

परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु। म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्‍काइदिनेछु। म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ। म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्‍ट गर्नेछु। तिमीहरू फेरि कहिल्‍यै आफ्‍ना हातले बनाएका कुराहरूका अगि झुक्‍नेछैनौ। म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्‍याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्‍काइदिनेछु। मेरा आज्ञा नमान्‍ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”