मीका 4:10-12

मीका 4:10-12 NNRV

हे सियोनकी छोरी, प्रसववेदनामा परेकी स्‍त्रीझैँ पीडाले छटपटाऊ, किनकि अब तिमीले यो सहर छोड्‌नैपर्छ र खुल्‍ल्‍ला मैदानमा पाल खड़ा गर्नुपर्छ। अब तिमी बेबिलोनमा जानेछौ। त्‍यहाँ तिमी छुटाइनेछौ। त्‍यहीँ नै परमप्रभुले तिमीलाई तिम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहुनेछ। तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्‌। तिनीहरू भन्‍छन्, “त्‍यो अशुद्ध नै भइरहोस्‌ र हाम्रो अहङ्कारी दृष्‍टिले सियोनलाई हेरोस्‌।” तर तिनीहरूले परमप्रभुको विचारलाई जान्‍दैनन्‌। तिनीहरूले उहाँको युक्तिलाई बुझ्‍दैनन्, उहाँ, जसले खलामा बिटाहरू जम्‍मा गरेझैँ तिनीहरूलाई जम्‍मा गर्नुहुन्‍छ।