मीका 4:1-4

मीका 4:1-4 NNRV

पछिल्‍ला दिनहरूमा परमप्रभुका मन्‍दिरको पहाड़चाहिँ पहाड़हरूमा प्रमुखझैँ स्‍थापित हुनेछ, र त्‍यो सबै डाँड़ाहरूभन्‍दा माथि उठाइनेछ, र मानिसहरू त्‍यहाँ ओइरिएर जानेछन्‌। धेरै जाति-जातिहरू आएर भन्‍नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌। उहाँले धेरै मानिसहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र टाढ़ा-टाढ़ासम्‍मका बलिया जातिहरूका निम्‍ति झगड़ाको फैसला गर्नुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले फेरि कहिल्‍यै लड़ाइँ गर्न तालीम लिनेछन्‌। हरेक मानिस आफ्‍नो दाखको बोट र आफ्‍नो नेभाराको बोटमुनि बस्‍नेछ, र कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनकि सर्वशक्तिमान्‌ परमप्रभुले नै बोल्‍नुभएको छ।