हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्ग्याउँछौ, जसले रगत बगाई सियोनलाई र दुष्टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ। ‘त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन्। त्यसका पूजाहारीहरू ज्याला लिएर सिकाउँदछन्। त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी गर्दछन्। तापनि तिनीहरू परमेश्वरको आड़ लिएर भन्छन्, “के परमप्रभु हाम्रा बीचमा हुनुहुन्न र? हामीमाथि कुनै खराबी आइपर्नेछैन।” यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको थुप्रो बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ।
मीका 3 पढ्नुहोस्
सुन्नुहोस् मीका 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मीका 3:9-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू