मत्ती 9:32-38

मत्ती 9:32-38 NNRV

जब उहाँहरू निस्‍केर जाँदैहुनुहुन्‍थ्‍यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्‍याइयो। भूत निकालिएपछि त्‍यो गूँगो बोल्‍यो। अनि “इस्राएलमा कहिल्‍यै यस्‍तो देखिएन” भन्‍दै भीड छक्‍क पर्‍यो। तर फरिसीहरू भन्‍न लागे, “भूतहरूका मालिकद्वारा त्‍यसले भूत निकाल्‍दछ।” येशू समस्‍त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्‌नुभयो। तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्‍तै हैरान र असहाय भएका थिए। तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।”