जब उहाँले तिनीहरूलाई यी कुरा भन्दैहुनुहुन्थ्यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्डवत् गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्यो जीवित हुनेछे।” येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई। किनकि त्यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।” फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, “छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यो स्त्री त्यही घड़ी निको भई।
मत्ती 9 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 9:18-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू