तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्। तब तिनीहरू उपवास बस्नेछन्। “कसैले पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन। किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ, र वस्त्र झन् बढ़ी फाट्छ। कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्दैन, नत्रता मशक फुट्छ, र दाखमद्य पोखिन्छ, र मशक नष्ट हुन्छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्छ, र दुवै जोगिन्छन्।”
मत्ती 9 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 9:14-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू