मत्ती 8:5-10

मत्ती 8:5-10 NNRV

येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने, “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।” उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।” तर कप्‍तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्‍वागत गर्ने योग्‍यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एक जनालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्‍छु, अनि त्‍यसले त्‍यो गर्छ।” तिनको कुरा सुनेर येशूले आश्‍चर्य मान्‍नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा पनि यति ठूलो विश्‍वास मैले भेट्टाएको छैनँ।