मत्ती 8:24-26

मत्ती 8:24-26 NNRV

अकस्‍मात्‌ तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्‍न लाग्‍यो। येशू निदाइरहनुभएको थियो। चेलाहरू आएर यसो भन्‍दै उहाँलाई बिउँझाए, “बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्‍ट हुन लाग्‍यौं।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “अल्‍पविश्‍वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्‍त भयो।