मत्ती 4:12-16

मत्ती 4:12-16 NNRV

यूहन्‍ना थुनामा परे भन्‍ने सुनेर येशू गालीलतिर लाग्‍नुभयो, र नासरत छोड़ेर कफर्नहुममा गई त्‍यहाँ वास गर्न लाग्‍नुभयो। यो सहर जबूलून र नप्‍तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ। यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: “जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील, अन्‍धकारमा बस्‍ने मानिसहरूले एउटा ठूलो ज्‍योति देखेका छन्‌। मृत्‍युका छायाको देशमा बस्‍नेहरूमाथि एउटा ज्‍योति उदाएको छ।”